९ चैत्र २०७९, बिहीवार

मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन

२०७४,भाद्र,३०,शुक्रवार १०:२१

0
Shares

भक्तपुर, ३० भदौ ।विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गरेका छन ।मन्त्री बोहोराले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको तर्फ सचेत रहन मेलामा आएका उपभोक्तालाई आग्रह गरे ।मेलामा म्याद सकिएका सामग्रीदेखि कमसल सामग्री र सस्तो सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएकाले यो मेलामा भने गुणस्तरीय र सर्वसुलभ सामानमात्रै राख्न मन्त्री बोहराले आग्रह गरे ।असोज ५ गतेसम्म सञ्चालन हुने मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानीय उत्पादनदेखि विभिन्न देशी÷विदेशी उत्पादनको ११३ कक्ष रहेको छ । सांस्कृतिक झाँकी प्रहसनका साथै मेला अवधिभर नेपालका चर्चित गायक÷गायिकाका साथै हास्य कलाकारले मनोरञ्जन प्रदान गर्ने छन । मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामान, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहेका छन ।मेलामा प्रवेश शुल्क रु ५० तोकिएको छ । मेला करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने र रु २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै

काठमाडौं । बुधबार गिरावट आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । बुधबार १ लाख ७ हजार ८ सयमा कारोबार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००