काठमाडौं । अवैध लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अबैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्राम सहित पर्सा छिपरमाई गाउँपालिका–६ घर भएका ३४ वर्षीय शम्भु शाहलाई आइतबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००५ ख ९५७३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार शाहले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया