ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

रामेछाप । रामेछाप नगरपालिका–७ बिर्तास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना.३ त ७००५ नम्बरको ट्याक्टर पल्टिँएर  ट्याक्टर चालक सोही ठाउँस्थित बिर्ता बस्ने १९ वर्षीय सनम हायुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?