हालसम्मकै वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाली सेनाको दाबी

काठमाडौं । नेपाली सेनाले महोत्तरीमा हालसम्मकै वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

महोत्तरीको सोनम गाउँपालिका–३ र जलेश्वर अस्पतालमा सञ्चालित १० दिने स्वास्थ्य शिविर हालसम्मकै वृहत भएको सेनाको दाबी छ ।

सेनाका अनुसार सेवाग्राही संख्याको हिसाबमा शिविर वृहत भएको निष्कर्ष निकालिएको हो । शिविरिमा ३ सय २९ जनाको सफलतापूर्वक शल्यक्रिया पनि गरिएको सेनाले जनाएको छ ।

सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेङ्गुको समस्या आउन नदिन विषादी पनि छरेको थियो । शिविरको तालिकाभित्रको काम नभए पनि नेपाली सेनाको प्रयत्नले पनि डेङ्गु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न थप काम गरिएको जनाइएको छ ।

शिविरमा जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, श्वासप्रश्वास, मानसिक रोग, हर्निया, हाइड्रोसिललगायत विभिन्न रोगको उपचार गरिएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार यस किसिमको स्वास्थ्य शिविर २०७४ सालमा १३३ र ०७५ सालमा २ सय ६३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?