प्रहरीमाथि अनुसन्धान गर्न प्रहरीले तयार पा-यो ‘पर्फर्मेन्स अडिट टिम’

काठमाडौं । प्रहरीले आन्तरिक शुद्धिकरणका लागि विशेष टिम गठन गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले एसपी रेवती ढकालको नेतृत्वमा ५ जनाको ‘पर्फर्मेन्स अडिट टिम’ गठन गरेको हो ।

प्रहरी नियमावली ०७१ मा टेकेर मेट्रोले प्रहरीको आन्तरिक शुद्धिकरणका लागी ‘पर्फर्मेन्स अडिट टिम’ गठन गरिएको रानीपोखरीका डीआईजीपी विश्वराज पोखरेलले बताए ।

उक्त टिमले प्रहरीकै आन्तरिक कमजोरी, राम्रा नराम्रा पक्षको अनुगमन, गल्ती गर्नेलाई अनुसन्धान गरेकार कार्वाहि गर्नकै लागि गठन गरिएको उनको भनाई छ । उक्त टोलीले अनुगमनसँगै गल्ति गर्नेलाई पक्राउ गर्न सक्छ । उक्त टोलिले उपत्यकाका तीन जिल्लाका सम्पूर्ण प्रहरी कार्यालय हेर्ने उहाँको भनाई छ ।

प्रहरीलाई अझ जिम्मेवार बनाउन, आर्थिक अनियमिततामा शून्य सहनशीलता, मानवअधिकारको पालना गरे-नगरेको, बालबालिका र जेष्ठ नागरिकलाई गर्ने व्यावहारकोसमेत अनुगमन र मूल्याङकन उक्त टोलीले गर्ने भएको छ ।

अवश्यकता अनुसार उक्त टोली सादा पोसाकमासमेत खटिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?