चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्युभएको प्रहरीले जनाएको छ ।

मामाघर गएका बालक लामो समय घर नफर्किएपछि उनको खोजतालास गर्दा घरबाट २ सय मिटर पर भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तनहुँमा हालसम्म ७ जना बालबालकिाको चितुवाको आक्रमणबट ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?