तपाई कति घण्टा सुत्नुहुन्छ ? चिकित्सकको यस्तो सुझाव

काठमाडौं – तपाई कति घण्टा सुत्नुहुन्छ ? चिकित्सकले  शरीरलाई चंगा बनाउन दिनहुँ सात/आठ घन्टा सुत्नु आवश्यक छ भनेका छन् ।

अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले गर्दा ज्यान जाने खतरासमेत हुन सक्छ ।

मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ यद्यपी निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि राम्रो मानिन्छ ।

आवश्यकता भन्दा बढि सुतियो भने स्वास्थ्यमा नकारात्मक असर पर्छ बढी सुत्ने मानिसमा मधुमेह, मोटोपन, मुटुरोग डिप्रेसन जस्ता समस्या देखापर्छन् । यतिमात्र नभई बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ ।

बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ यस्तै बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ यसबाहेक मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने समेत बताइन्छ ।

विज्ञहरुका अनुसार नवजात शिशु दिनमा १८ घण्टासम्म, स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म, किशोरकिशोरी १० घण्टा र वयस्क ७ देखि ८ घण्टासम्म सुत्नु उत्तम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?