मल्ल सरुवा भएसँगै चितवन एसपी विहीन, पन्तलले पाइनन् ‘रवाना’

काठमाडौं । प्रहरी प्रधान कार्यालय पुस ४ गते चितवनबाट प्रहरी उपरिक्षक दानबाहादुर मल्ललाई सरुवा गर्ने र मल्लको ठाँउमा प्रहरी उपरीक्षक गंगा पन्तलाई पठाउने निर्ण गरेको थियो ।

मल्लले सरुवा भएपनि चितवन छोड्न सकेका थिएनन् । दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा जान पाएकी थिइनन्। मल्लले जिल्ला छोडेसँगै शुक्रबारबाटै चितवन प्रहरी उपरीक्षकविहीन भएको छ।

मल्लले शुक्रबार जिल्ला छाडेका छन् । तर, उक्त ठाँउमा सरुवा गर्न भएकी गंगा पन्तलाई चितवन जान दिइएको छैन् । पन्त कार्यरत इन्टरपोल शाखाले उनलाई ‘रवाना’ पत्र दिएको नदिएको पन्तले बताइन् । उनले भनिन् –रवाना पाएको छैन् । रवाना नबुझी जानेकुरा पनि भएन् ।

पन्तलाई चितवनमा उच्च राजनीतिक नेतृत्वले नरुचाएको बुझिएको छ । चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्लासमेत हो । उनका पूर्वबडीगार्ड मल्ल दाहालको रोजाइमै चितवन गएका थिए। स्रोतका अनुसार पन्तको ठाउँमा अन्य प्रहरी उपरीक्षक पठाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?