रजनीकान्तलाई उछिन्दै विजयले बनाए नयाँ रेकर्ड

एजेन्सी । दक्षिण भारतीय चलचित्रको क्रेज विश्व भरि नै छ। त्यसैको परिणाम होला दक्षिण भारतका सुपरस्टारहरुको मान र शान हलिउड भन्दा कम छैन ।

दक्षिण भारतीय सुपरस्टार सि जोसेफ विजयले पारिश्रमिकको विषयमा नयाँ रेकर्ड बनाएका छन्। विजयले एउटै चलचित्रबाट सय करोड भारु पारिश्रमिक लिँदै अर्का सुपरस्टार रजनीकान्तलाई पछाडी पारेका छन् ।

विजयलाई चलचित्र ‘थलपथि ६५’ का लागि सन पिक्चर्सले १०० करोड भारुमा साइन गराएको हो ।

यसअघि रजनीकान्त सबै भन्दा बढि पारिश्रमिक लिने सुपरस्टार थिए । उनले सार्वजनिक हुनै लागेको चलचित्र ‘दरबार’को लागि ९० करोड भारु लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?