प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने, हप्ताको १ दिन ब्यारेकमा सुत्नुपर्ने

काठमाडौं । उच्च तहका प्रहरी अधिकृतहरुले जवान र हवल्दारसँग खान र सुत्न निर्देशन दिइएको छ । आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा निस्किएका महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले त्यस्तो निर्देशन दिएका हुन् ।

उनले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने र हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने निर्देशन दिएका हुन् ।

पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् । प्रहरी संगठनमा माथिल्लो र तल्लो दर्जाको कर्मचारीहरुबीच विभिदको गुनासो बढ्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।

उनले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहेर संगठन राम्रो बनाउनुपर्ने बताएका हुन् ।  निर्देशन दिदै संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन् ।

पोखरेलले आफुलाई परेको समस्या र गुनासाहरु आफ्नै संगठनका सदस्यहरुबाट खोज्न पनि निर्देशन दिए । त्यस्तै कुनै पनि लोभ लालचमा नफस्न निर्देशन दिदै कसैले स्वार्थका लागि जानिजानि गल्ति गरेमा त्यो क्षम्य नहुँने पनि बताएका छन् ।

पोखरेलले परिणाममुखी काम गर्न पनि निर्देशन दिएका छन् । राम्रो काम गरे कर्मचारी पुरस्कृत हुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?