प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मादकपदार्थ सेवन गरी सवारी चलाएको समयमा प्रहरीले कागजपत्र माग्दा रकम दिएर प्रलोभनमा पार्न खोज्ने मकवानपुर भिमफेदी गाउँपालिका–३ घर भई दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले मगरलाई चाँगुनारायण नगरपालिका–२ दुवाकोट वारुदखानास्थित सडकबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा. ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?