अनेरास्ववियुले ३३५ केन्द्रिय सदस्य हुनेगरि टुंग्यायो भागबन्डा, को-को बने केन्द्रिय सदस्य ? (नामावलि सहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन (अनेरास्ववियू) ले केन्द्रिय कमिटिको एकता प्रक्रिया टुंगाएको छ।

पूर्व एमाले निकटको अनेरास्ववियू तर्फबाट १८० र पूर्व माओवादी निकटको अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ जना हुने गरी भागबण्डा प्रक्रिया टुंग्याइएको हो।

अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय बनेको छ भने केन्द्रीय कमिटी सचिवालय १११ सदस्यीय बनाइएको छ। साथै स्थायी समिति ४५ सदस्यीय हुने गरि निर्णय गरिएको छ।

अनेरास्ववियूको केन्द्रीय निकाय अनुशासन, लेखा र निर्वाचन आयोग गरि ३ वटा बनाइएको छ। पार्टी एकताको क्रममा विद्यार्थी संगठनको संयोजक पूर्व एमालेको भागमा परेको थियो।

पूर्व एमाले निकट अनेरास्ववियूको तर्फबाट ऐन महरले संयोजक प्राप्त गरेका थिए । पूर्व माओवादीको विद्यार्थी संगठनका रञ्जित तामाङले चने सह-संयोजक प्राप्त गरेका थिए।

पार्टीले हितमान शाक्यलाई विद्यार्थी संगठनको इन्चार्ज बनाएको छ भने विनोद ढकाल सह-इन्चार्जमा बनेका छन्।

हेर्नुहोस् नामासहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?