भोजपुर । विप्लब समूहका एक जना कार्यकर्तालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । बुधबार हतुवागढी गाउँपालिका ९ हसनपुरबाट पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्लाका २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ परेका थिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनमुक्ति सेना भएको प्रहरीले जनाएको छ ।
खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र केही पार्टीका दस्तावेज फेला पारेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया