ईङ्लिस प्रिमियर लिग : लिभरपुलको सहज जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ । बिहिबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सेफिल्डमाथि २-० को सहज जित हात पारेको हो ।

लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहमद सलाहाले समान एक एक गोल गरे । लिभरपुल अपराजित रहँदै बर्षभरी लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ । सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?