११ आश्विन २०७९, मंगलवार

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

२०७४,भाद्र,३०,शुक्रवार ०९:४८

0
Shares

प्रकाश सिलवाल / काठमाडौँ, ३० भदौ ।अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ ।मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो ।यही भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्चशिक्षासम्मको नीति, निर्धारण गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय आयोग गठन गरेको थियो ।आयोगका विज्ञ सदस्यहरु डा सुरेशराज शर्मा, डा तीर्थराज खनियाँ, डा मनप्रसाद वाग्ले, डा वासुदेव वाग्ले, डा मीनबहादुर विष्ट, डा विद्यानाथ कोइराला, डा विनय कुसियत, डा प्रेमनाथ अर्याल, डा टंकनाथ शर्मा, डा सुशन आचार्य, ई धु्रवराज थापा, डा युवराज संग्रौला र अन्य विज्ञहरु रहेको कार्यसमूहलाई विषयगत (थिम) र त्यसमा तयार गर्नुपर्ने सुझावको ढाँचाको मस्यौदा तयार गर्न बैठकले जिम्मेवारी तोकेको छ ।उपप्रधानमन्त्री श्रेष्ठले संघीय संरचनाअनुरुप शिक्षामा एकीकृत नीति र उपर्युक्त कानूनको आवश्यकता रहेको बताउँदै मुलुकलाई अबको ५० वर्षको शिक्षाको मार्गनिर्देश गर्ने गरी आफ्नो विज्ञता र क्षमता प्रदर्शन गरी प्रतिवेदन बनाउन सदस्यहरुलाई आग्रह गरे ।सहभागिता र राजनीतिक अपनत्व बढाउन आयोग अलि ठूलो बने पनि प्राज्ञिक सुझावलाई बढी ध्यान दिएर प्रतिवेदन तयार हुने गराउँदै मन्त्री श्रेष्ठले सरकारको एक सय दिनमा आयोग गठन हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताए ।सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले मुलुकमा राजनीतिक आन्दोलन लगभग समाप्त भएको अवस्थामा भावी शिक्षा पद्धति कस्तो हुने भन्नेमा विज्ञहरुबाट आएको सुझावका आधारमा अघि बढ्ने बताए ।बैठकमा क्षेत्रगत र तहगत विषयगत कार्यसमूह गठन गर्नुपर्ने, शैक्षिक उत्पादन र रोजगारीलाई जोडिनुपर्ने, विगतका आयोगका प्रतिवेदनको कार्यान्वयन अवस्था समीक्षा गर्नुपर्ने, समस्याको पहिचान मात्र नभई समाधानमुखी सुझाव दिनुपर्ने राय आएको थियो । शिक्षालाई राष्ट्रिय मुद्दा र सीप विकाससँग जोडेर हेर्न सक्नुपर्ने पनि उहाँहरुको मत थियो । आयोगलाई पाँच महिनाको कार्यावधि दिइएको छ ।आयोगमा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी, संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्व शिक्षामन्त्रीहरु डा गंगालाल तुलाधार, धनीराम पौडेल, सांसदहरु जीवन परिवार, उमेश श्रेष्ठ, रुक्मिणी चौधरी, गीता राणा, विभिन्न विश्वविद्यालयका उपकुलपति, विज्ञ र सरोकार भएका व्यक्तिहरु छन ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ । वायुयानको उडान तथा अवतरणको समयमा

भैरहवा । दसैं पर्वलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य

ताजा समाचार

आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)
 २०७९,आश्विन,११,मंगलवार २०:४४
लागूऔषधसहित धनगढीबाट तीन जना पक्राउ
 २०७९,आश्विन,११,मंगलवार १८:३७