मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ ।  मोटरसाइकल दुर्घटनामा परेर दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बिहीबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?