‘टाईम्स अफ नेपाल’ न्यूज एप डाउनलोड गर्नुभयो ? यसकारण प्रयोग गर्नुहोस् (फिचर्ससहित)

काठमाडौं । सूचना प्रविधीको कारण सिंगो विश्व सानो गाउँमा परिणत भइसकेको छ । संसारको कुनाकुनाबाट मानिसहरु सजिलै विश्व दुनियाँका मानिससँग जोडिन सक्छन् । यहि प्रविधीकै कारणले पनि विश्वमा भएका घटना तत्कालै विश्व परिवेश र यहाँ भएका घटना तत्कालै मोबाईलमा ‘नोटिफीकेसन’ बजाउन आईपुग्छन् । तर के त्यसरी आउने सूचना, जानकारी र मिडिया सामाग्री हाम्रो रुचीअनुसारको छन् त ? के ति विश्वसनिय समाचार माध्यमबाट आएका छन् त ? धेरै पाठक दर्शक स्रोता यहि क्रममा अल्मलिएका छन् ।

हो, समाचारको लागि सत्यता, शुद्धता, वस्तुपरकता, यथार्थता, विश्वसनियता, समसामयिकता, यथार्थपरकता र सन्तुलित नभई नहुने गुण हुन् तर के यी गुणहरु विभिन्न माध्यमबाट हाम्रो सञ्जालसम्म आउने पेज, साईट, ग्रुपबाट पाएका छौँ त ? हाम्रा विषयवस्तुमा यी गुण छन् त ? हाम्रो मोबाईलमा आएका ति समाचार हामीले खोजेअनुरुप छ त ? भ्यूज बढाउन आउने बग्रेल्ती समाचारले मथिंगल हल्लाईदिएर मिडिया पीडित भएका तपाई /हाम्रो जवाफ हुनेछ, ”अहँ छैन ।”

धन्दा नमान्नुहोस् यी सबै समस्याको समाधानको रुपमा ‘टाईम्स अफ नेपाल’ नामक एप आएको छ ।

यो एपमा नेपालका टप अनलाइन न्यूज पोर्टलहरू (Top Online News Portal ) लाई समावेश गरिएको छ। यो एप ईन्स्टल (Install) गरेपछी नेपालको मूख्य समाचारहरु (Top Headline&news Story) हरू छुट्दैन । यो एक इन्टेलिजेन्ट एप हो, जसले पाठकको रुचीअनुसारको समाचार प्रस्तुत गर्छ । अझ राम्रो कुरा त के छ भने पाठकका लागि सजिलो होस भनेर समाचारहरूलाई विभिन्न विधामा वर्गिकरण गरिएको छ।

के छन् अरु फिचर्स ?
-यस एपमा भविष्यका लागि समाचार (News) सेभ गर्न मिल्छ ।
-राम्रो लागेका र जरुरी समाचारहरू सेयर पनि गर्न मिल्छ ।
-यो एप एन्ड्रोइड तथा एप्पल दुवैमा उपलब्ध छ ।
-यो एपमा प्रयोगकर्ताको (User) को आँखाका लागी सहज बनाउनका लागि लाईट मोड (Light Mode ) तथा डार्क मोड (Dark Mode) दुवै उपलब्ध छ ।
-पढ्न मात्र हैन, समाचारहरू सुन्न पनि सकिन्छ ।
-मोबाईल डाटाबाट युजर (User) को धेरै डाटा प्रयोग नहुन साराशं (Summery) मात्र पनि पढ्न सकिने ।
-प्रयोगकर्तालाई मनपर्ने अनलाईन न्यूज पोर्टललाई मात्रै छान्न (Choose ) गर्न मिल्ने
समाचारहरू खोज्न (Search) गर्न मिल्ने

-(Intelligent System) भएकाले विभिन्न समाचार स्रोतहरु अनलाईन न्यूज पोर्टल (Online News Portal)बाट आएको एउटै शिर्षकको समाचारलाई एकै ठाउँमा सङ्ग्रह गरिएकाले प्रयोगकर्तालाई पढ्न सजिलो हुन्छ ।

समाचार (News) पढ्न धेरै नै सजिलो र भरपर्दो समाचारहरू मात्र राखिएको एक मात्र न्यूज एप (News App) मूख्य समाचारहरु (Top Headline) हरू छुट्दैन, यो एपमा प्रयोगकर्ताको (User)को आँखाका लागी सहज बनाउनका लागि लाईट मोड Light Mode तथा डार्क मोड  (Dark  Mode) दुवै उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?