छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं । रुपन्देही, बारा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका-३ बसन्तपुरस्थित सडकमा लु.१ ख ३९५५ नम्बरको ट्रकले लु.३६ प३४३१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-४ बस्ने २२ वर्षीय मन्जित हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० बेसक्याम्प चोकस्थित सडकमा बा.१८ च ४५६१ नम्बरको कारलेलु.२२ प १८२३ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकीस्कुटरमा सवार सोही उपमहानगरपालिका-११ देविनगर बस्ने २३ वर्षीया सपना पौडेलको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेकाकार चालकको खोजी कार्य गरिरहेको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिका-२४ सखुईस्थित सडकमा ना.६५ प ९३० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महागढिमाई नगरपालिका-११ बस्ने २२ वर्षीय गणेश साह सुनारको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको छ ।

धादिङको थाक्रे गाउँपालिका-१ अछेतेस्थित सडकमा बा.५ ख ७९८७ नम्बरको ट्रकले सोही गाउँपालिका-१० बस्ने ३४ वर्षीय सुमन तामाङलाई बुधबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?