कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बुटवल । बुटवलमा कारले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

गएराति बुटवल उपमहानगरपालिका–१० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिँदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको नम्बर प्लेट खुल्न नसकेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?