बलिउडका यी १३ कलाकार, जसले मासु खाँदैनन्

एजेन्सी । तपाई हामी सबैलाई सायद मासुको परिकार मन पर्छ होला ? र हामी मासु खान्छौँ पनि । तर कलाकारले मासु खालान् कि नखालान् ? यो कुराको जानकारी लिन हामी आतुर हुन्छौँ । भीआईपी, मान्यगन्य व्यक्ति तथा कलाकारहरुले के गर्छन् ? के खान्छन् ? कहाँ बस्छन् ? कस्तो कपडा लगाउँछन् ? र के मा चढ्छन् ? भन्ने कौतुहल स्वभावैले हुने गर्छ । नेपाली कला क्षेत्रमा पनि यस्ता धेरै कलाकारहरु छन् जो मासु खान मन पराउँदैनन् अथवा खाँदैनन् ।

नेपाली कलाकारहरुमा चर्चित नायक निखिल उप्रेती, अनमोल केसी, प्रदिप खड्का, सुहाना थापा जस्ता कलाकारहरु मासुबाट टाढै रहन्छन् । उनीहरु मासु खान नै रुचाउँदैनन् । तर आज हामी नेपाली कलाकारहरु नभएर मासु नखाने बलिउड कलाकारको बारेमा जानकारी दिनेछौँ ।

मासु नखाने बलिउडका यी १३ कलाकार

१.अमिताभ बच्चन

बलिउड महानायक अमिताभ बच्चन भेजिटेरियन हुन् । उनले सन् २००० बाट मासु खान छोडेका हुन् । स्वास्थ्यको समस्याका कारण उनले मासु खान छोडेका थिए । उनी अहिले शुद्ध शाकाहारी भएका छन् ।

२.सहिद कपुर

बलिउडमा चर्चित नायक मानिन्छन् सहिद कपुर । उनी पनि मासुबाट टाढै रहन मन पाउँछन् । उनले सन् २००३ यता मासु खाएका छैनन् । उनले मासु खान छोड्नुमा “लाईफ इज फायर बाई ब्रेन हिन्स” नामक पुस्तक प्रमुख रहेको छ । उनले एक उडानका क्रममा समय कटाउनको लागि यो पुस्तक पढेका थिए । त्यसपछि उनले अचानक मासु नखाने निर्णय गरेका थिए । उनको केहि समय अगाडि निस्किएको कबिर सिंहलाई धेरै दर्शकले मन पराएका थिए । जो ब्लक बस्टर बनेको थियो ।

३.कंगना रानौत

कंगना रानैत पनि मासु नखाने बलिउड कलाकारमा पर्छिन् । मासु नखाँदा आफ्नो शरिर झनै सुन्दर र आकर्षक देखिएको उनी बताउँछिन् । कंगना बास्तवमे एकदमै सुन्दर रहेकी छिन् ।

४. अक्षय कुमार

बलिउडका अर्का चर्चित नायक मानिन्छन् अक्षय कुमार । उनी पनि भेजिटेरियन न हुन् । उनले सन् २०१८ बाट मासु खान छोडेका थिए । हलमा उनको अभिनय रहेको चलचित्र गुड न्युज चलिरहेको छ ।

५. आमिर खान

ब्लिउड सिने क्षेत्रमा चर्चा कमाएका नायक हुन् आमिर खान । उनी पनि शुद्ध शाकाहारी नै हुन् । उनले सन् २०१५ मा मासु नखाने निर्णय गरेका थिए । मासुका कारण बिभिन्न रोगहरु लाग्ने भएको भन्दै उनले मासु खान छोडेका थिए ।

६.अनुष्का शर्मा

बलिउड चलचित्र नगरीकि चर्चित नायिका अनुष्का शर्मा पनि पूर्ण शाकाहारी हुन् । उनी पनि मासुलाई मन पराउँदैनन् । उनले सन् २०१५ बाट मासु खान छोडेकी थिइन् । उनले आफैले पालेको एक कुकुरका कारण मासु खान छोडेकी थिइन् ।

 

७.आलिया भाट

बलिउड सिने जगतकी अर्की चर्चित नायिका हुन् आलिया भाट । उनी पनि मासु खान मन पराउँदिनन् । उनले २०१५ बाट नै मासु खान छोडेकी थिइन् । उनी भन्ने गर्छिन् मासु नखाँदा ज्यानमा हल्का चिसोको महशुस हुने गर्छ ।

८. सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हा पनि मासु नखाने बलिउड अभिनेत्रीमा पर्छिन् । उनी मासु नखाने मात्र होइन पशु हत्या नै गर्नु नहुने मान्यता राख्छिन् । उनले सौ उमेरदेखि मासु खान छोडेकी थिइन् ।

९.सोनम कपुर

सोनम कपुर शाकाहारी बलिउड नायिका हुन् । उनले सानै उमेरदेखि मासु खान छोडेकी थिइन् । शरिरलाई मासुले फाईदा नगर्ने भएको कारणले मासु खान छोडेको उनी बताउँछिन् । उनलाई शाकाहारी खानानै मीठो स्वादिष्ट लाग्ने गर्छ ।

१०. रिचा चड्डा

ब्लिउड सिने नगरिकी नायिका रिचा चड्डा पनि पूर्ण रुपमै शाकाहारी खाना खान्छिन् । उनी २०१४ यता शाकाहारी खानामा रमाउने गरेकी छिन् ‘ किनभने उनलाई शाकाहारी खानाले स्वास्थ्यको लागि फाइदा भएको छ । शाकाहारी खाना खाँदा स्वास्थ्य एकदमै तन्दुरुस्त र हट्टा कट्टा हुने भएको थाहा पाएपछि मैले मासु खान छोडेकी हुँ उनले भनेकी छिन् ।

 

११.ज्याकलिन फर्नाडिज

ज्याकलिन फर्नाडिजले पनि मासु खाँदिनन्् । उनी आफ्नो स्वास्थ्य राम्रो बनाउनको लागि मासु नखाने गरेको बताउँछिन् । उनले सन् २०१३ देखि नै मासु खान छोडेकी थिइन् । स्वास्थ्यको लागि मासु राम्रो नहुने भएकोले आफूले खान छोडेको उनले बताउँदै आएकी छिन् ।

१२.ईशा गुप्ता

बलिउड अभिनेत्री ईशा गुप्ता पनि मासु खाँदिनन् । उनले पनि सन् २०१३ बाट नै मासु खान छोडेकी हुन् । उनलाई जनावरको हत्या गरेको मन नपर्ने भएकोले मासु खान छोडेको बताउँदै आएकी छिन् ।

१३. जोन अब्राहम

माचो म्यानको उपनाम पाएका जोन अब्राहम पनि शाकाहारी बलिउड कलाकार हुन् । उनलाई जनावरहरु एकदमै मन पर्नै भएकोले मासु नखाने गरेको बताउँछन् । उनलाई शाकाहारी खानामै सबैभन्दा धेरै स्वाद मिल्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?