काठमाडौं, ७ माघ । काठमाडौंमा साझा यातायात र अमेरिकी दूतावासको ठक्कर खाँदा दुई जना घाइते भएका छन् । काठमाडौंको लाजिम्पाटस्थित जापानी दूतावास नजिकै साझा यातायातको बस र अमेरिकी दूतवासको ६१ सी डी १२१ नम्बरको गाडीबीच ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परी सोनिया श्रेष्ठ र अन्दाजी ५० वर्षीय एक पुरुष घाइते भएका छन् । श्रेष्ठको हातमा चोट लागेको छ भने अर्का पुरुषको टाउकोमा चोट लागेको छ । बसपार्कबाट महाराजगञ्ज हुँदै लगनखेल जान लागेको साझा यातायातको बसलाई सोही दिशाबाट अघि बढेको अमेरिकी दूतावासको गाडीले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो । अमेरिकी दूतावासको गाडीले बाटो काटिरहेका बेला साझाको बसले ठक्कर दिएको थियो । अमेरिकी दूतावासको गाडीका चालक समेत अमेरिकी नै रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल तर्फ लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया