काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आग्रह गरेकी छिन्। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गन्तव्यको विविधिकरण भएको उल्लेख गर्दै पर्यटकको खानपान र उपयोगका वस्तु देशभित्र उत्पादन गर्न सके आम्दानी पनि आम जनताको पहुँचमा पुर्याउन सक्ने बताईन् ।
अहिले पर्यटकहरूमा आरामदायी भन्दा नयाँ अनुभूत गर्ने सोच बढेको उल्लेख गर्दै उनले भनिन्
नेपालीमा अन्तरनिहित अतिथि देवो भव: पर्यटकहरूले रुचाउने पक्ष हो हाम्रो यो असल संस्कृति जोगाइ राख्नुपर्दछ।’ पर्यावरण मैत्री होमस्टेको विकासले नेपालमा बाह्य र आन्तरिक पर्यटन विकास गरेको छ ।
पर्यावरण मैत्री ढंगले भौतिक सुविधाहरू बढाउने, नदी, तालतलैया, पोखरी, गुफा, छहरासँगै पदयात्रा आरोह र साहसिक खेलको सम्भावनाको सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।
पर्यटन वर्ष मनाउँदा नाफाको मात्र ख्याल नराखी ‘बसुधैवम् कुटुम्बकम’ को नारा र नेपालको शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्यमा सहयोग पुर्याउन उनले सबैसँग आग्रह गरिन्।
नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै विगतमा द्वन्द्व रहे पनि अहिले मुलुक समृद्धिको बाटोमा रहेकोले यो अभियानमा योजनावद्ध विकासको खाँचो रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया