काठमाडौं – काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका- ८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका २५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका ७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका- ७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका- १० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका- २५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो ।
घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको व्यूरोले जनाएको छ ।
जिल्लाको नमोबुद्ध नगरपालिका-८, तल्लोहटियामा सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव गत कार्तिक १९ गते फेला परेको थियो ।
लोकपथमा प्रकाशित भएको यो समाचार
क्षतविक्षत अवस्थामा भेटियो श्रेष्ठ दम्पतिको शव, घटनास्थलमा भेटियो यस्तो ‘क्लू’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया