प्रदेश २ को प्रदेश सभा बैठक २१ माघमा, यी हुन् मुख्यमन्त्रीका दाबेदार

जनकपुर, ७ माघ । प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेका लागि बोलाइएको छ प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराएलगत्तै प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले माघ २१ गतेका लागि प्रदेश सभाको पहिलो बैठक बोलाएका हुन् प्रदेश सभाको पहिलो बैठकलगत्तै प्रदेश सभामुख र मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको बहुमत रहेकाले दुई मध्ये एकले मुख्यमन्त्री र अर्कोले प्रदेश सभामुख लिने सम्भावना छ ठूलो दल रहेको फोरमले मुख्यमन्त्रीमा दाबी गरेको छ भने राजपाले समेत मुख्यमन्त्री आफूलाई दिनुपर्ने दाबी गर्दै आएको छ कुल १०७ सदस्यीय प्रदेशसभामा फोरमले प्रत्यक्षतर्फ २० र समानुपातिक ९ गरी २९ सिट जितेको छ भने राजपाले राजपाले १५ प्रत्यक्षसहित २५ सिट जितेको छ मुख्यमन्त्रीका लागि ५४ मत चाहिने भएपनि दुई पार्टी मिल्दा ६९ मत पुग्छ । प्रदेश सभा २ को मुख्यमन्त्रीका लागि फोरमका लालबाबु राउत, विजय यादव र शैलेन्द्र शाहको दाबी रहेको छ राउत पर्सा १ (ख) बाट निर्वाचित भएका हुन् भने फोरमको कोषाध्यक्ष समेत रहेका यादव सिरहा २ (क) बाट निर्वाचित भएका हुनु शैलेन्द्र साह भने सप्तरी २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी संघीय समाजवादी फोरमको केन्द्रीय समिति र राजनीतिक समिति सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?