काठमाडौं । बैदेशिक रोजगारीका क्रममा मलेसियामा पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ का एक नेपाली मलेसियामा आज बिहान मृत फेला परेका छन् ।
३ महिना अघि बैदेशिक रोजगारीको लागि मलेसिया पुगेका फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका हेमलाल दुलाल आज बिहान सुतेकै ठाउँमा मृत भेटिएको खबर आएको परिवारले जनाएको छ ।
यसअघि पनि पटकपटक बैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेशिया पुगेका थिए । हृदयघात भइ उनको मृत्यु भएको बताइएको छ ।
उनिसँगै मलेशियामा रहेका एक साथीले आज बिहान फोन गरेर हेमलाल सुतेकै ठाउँमा मृत भेटिएको खबर गरेको आफन्तले बताएका छन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया