काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका उपशंका नगर्न उपयुक्त नहुने बताएका छन् ।
राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताएका छन् ।
कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै मन्त्री खतिवडाले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की भनेर आशंका नगर्न आग्रह गरेका छन् ।
उनले् भने, ‘‘कार्यान्वयनको तहमा नै नआइ हामीले शंका आशंका पूर्व अनुमान गर्नु उपयुक्त नहोला । कतिपय कानुन कार्यान्वयन गर्दै जाँदा केही समस्या पनि आउन सक्छन् त्यसैले संशोधनमा लाने पनि गरेका छौँ । तर कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की ? भन्ने आशंका नगर्न आग्रह गर्दछु ।’’
अर्थमन्त्री खतिवडाले संविधानमा भएको मैलिक हक, गोपनियताका हकसम्बन्धि व्यवस्थाहरुलाई प्रतिकुल असर पर्नेगरी कानुन नबन्ने दाबी समेत गरेका छन् ।
लोकतान्त्रीक विधिबाट जननिर्वाचित सांसदहरुले बनाएको सरकारले बनाएका कानुन प्रयोग गर्ने विधि पनि लोकतान्त्रिक नै हुने भन्दै मन्त्री खतिवडाले भने, ‘‘कानुनमा राम्रा दफा भएर मात्रै हुँदैन् । त्यसलाई प्रयोग गर्ने सरकारले आफ्नो विवेक कसरी गर्छ । कति लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्छ त्यसमा ति कानुननका दफाको प्रयोग सुनिश्चित हुन्छ ।’’
सरकारले मौलिक हकलाई सुरक्षित र सुव्यवस्थित गर्न कानुन बताउँदै खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्नेतर्फपनि सबैले ध्यान दिनुपर्ने बताए । ‘आफ्नो प्रयोग गर्दा अर्को नागरिकलाई हानी नोक्सानी नहोस् । सामाजिक सद्भाव नखल्बलियोस र राष्ट्रिय सुरक्षामा आँच नपु¥याओस भन्ने हिसाबले मौलिक हक भित्र नागरिकका दायित्व पनि त हुँदा हुन् ।’, उनले भने ।
प्रतिपक्षी दलका सांसदहरुले विरोधीलाई फसाउन कानुन ल्याएको बताइरहँदा खतिवडाले लोकतान्त्रिक प्रकृयामा त्यस्तो नहुनेमा ढुक्क हुन आग्रह गरे ।
अहिलेको अवस्थामा कसैले कसैलाई चाहेर पनि फसाउन सक्ने अवस्था नभएको र कुनै कालखण्ड (राणाकाल) मा जस्तो विरोधी फसाउने पो होकी भन्ने आशंका नगर्न उनले बताए ।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया