आज राशिफल अनुसार कुन-कुन राशिको भाग्य चम्किँदैछ ? हेर्नुहोस्

काठमाडौं ।  आज मिति २०७६ साल पुष महिनाको १७ गते बिहीबार । इस्वी संवत २०२० जनवरी २ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– सप्तमी,१९ बजेर १० मिनेट उप्रान्त अष्टमी । नक्षत्र– उत्तरभाद्रपदा,३० बजेर ८ मिनेट उप्रान्त रेवती । योग– वरियान,२२ बजेर १२ मिनेट उप्रान्त परिध । करण– वणिज,१९ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा छत्र योग । चन्द्रराशि–मिन । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर १८ मिनेटमा । दिनमान २५ घडी ५५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : लामो दूरीको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : समय मध्यम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइलेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दाजुभाईको सहयोग नपाउँदा कामहरु थाँत़ी रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाइने तथा पद प्राप्तीको योग रहेको छ । व्यवसायमा लगानी बढाइ मनग्ये धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आय बढाउन सकिनेछ । पढाइलेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : लामो दूरीको धार्मिक यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : अल्छी गर्ने बानीले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाइलेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पत्ति तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको सिलसिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : भौतिक स्रोेत साधनको प्रयोग मार्फत् व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै सिलसिलामा लामो दूरीको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाइ तथा प्रेमिकाको सहयोग पाइनाले मन प्रशन्न रहनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजाको साथ अग्रस्थानमा तपाईको नाम आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : शत्रुमाथि विजय हासिल गर्न सकिनेछ तथा आँट, साहस, हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही कम हुनेछ । मावली पक्षसँग बिग्रेको सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : राम्रा काम गरी अरुको विश्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत् आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : साथीभाइ तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ । मनपरेको मानिससँग टाढिनुपर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलापमा भाग लिइ नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानी गरी मनग्धये धन आर्जन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानी बढाइ मनग्ये धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा सहित्यलाई निखार्न सकिनेछ । विचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रशन्न हुनेछ । लगनशील तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरुको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइलेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?