तस्वीरमा आकर्षक देखिन यस्तो ‘ट्रिक’ अपनाउँछन् सेलिब्रेटी, तपाई पनि सिक्ने कि ?

हामी अक्सर हिरोइनका तस्वीर हेरेर लालायित हुन्छौं । उनीहरु जस्तै कपडा लगाएर, मेकअप गरेर आफूलाई पनि आकर्षक देखाउने प्रयास गर्छौं । तर, हिरोइनका तस्वीर सुन्दर देखिनुका पछाडि उनीहरुको लवाइखवाइ र मेकअप मात्र नभएर यस्ता ससाना, रोचक ‘ट्रिक’हरु छन् जसलाई अपनाएर उनीहरु आफूलाई तस्वीरमा अत्यन्तै सुन्दर देखाउन सफल हुन्छन् । हामीले यस्ता केही ‘ट्रिक’हरु पत्ता लगाएका छौं जसलाई अपनाएर तपाई तस्वीरमा आकर्षक देखिन सक्नुहुनेछ ।

ब्लेक लाइभ्ली तस्वीर खिच्दा आफ्नो जिब्रोलाई मुखको छानोमा राख्छिन् ताकि उनको ‘डबल चिन’ अर्थात् दुईवटा चिउँडो नदेखियोस् ।

 

निकोल किडमेन आफ्नो अनुहारमा ‘फोकस’ पार्न घाँटी तन्काउँछिन् ।

 

मोनिका बेलुची आफ्नो टाउको हल्का उचाल्छिन् जसले उनको घाँटी तन्किन्छ र अनुहारको मांसपेशी कसिन्छ । यो तरिका अपनाउँदा होसियार हुनुपर्दछ किनकी यसले तपाईलाई घमण्डी पनि देखाउन सक्छ ।

 

टेलर स्विफ्ट आफ्नो गालाको भित्री भाग हल्का टोक्छिन् र थोरै दाँत देखाएर हास्छिन् जसले उनको गालाको आकारलाई आकर्षक देखाउँछ ।

 

मेगन फक्स तस्वीर खिचाउँदा अक्सर आफ्नो ओंठ हल्का दखोल्छिन् र जिब्रो देखाउँछिन् जसले उनलाई तस्वीरहरुमा कामुक देखाइरहेको हुन्छ ।

 

जुलिया रोबर्टका तस्वीरहरु हेर्दा अधिकांश व्यक्तिको ध्यान उनको आँखामा जान्छ । उनका आँखाहरु अत्यन्तै चम्किला देखिन्छन् किनकी उनले तस्वीर खिच्दा आँखालाई हल्का बढी उघार्छिन् ।

 

जेनिफर लरेन्सका तस्वीरहरु निकै रहस्यमयी किसिमका हुन्छन् । तस्वीरमा उनले क्यामेरालाई हेरिरहेकी त हुन्छिन् तर, हेरेजस्तो लाग्दैन बरु केही सोचेजस्तो लाग्छ । यो उनको विशेष ‘ट्रिक’ हो । प्राय तस्वीरमा उनको आँखीभौं हल्का उचालिएको हुन्छ र यसरी एकोहोरो हेरिएको हुन्छ मानौं उनी आफैले आफैलाई नियालिरहेकी छिन् ।

 

मिला क्यूनिसले आफ्नो आँखाको माथिल्लो भाग (ढक्कन)लाई हल्का तल झार्छिन् । यसो गर्दा आँखाको आकार त सानो हुन्छ तर, विशेष किसिमको लुक आउँछ । यस्तो ‘लुक’ले उनलाई कामुक देखाइरहेको हुन्छ ।

 

मेघन मार्कल आफ्ना दर्शक/फ्यानसँग ‘फ्रेन्ड्ली’ हुनलाई तस्वीर खिचाउँदा हल्का निहुरिन्छिन् । बेलायतका राजकुमार ह्यारीकी पत्नी मार्कल अक्सर दर्शकसँग साक्षात्कार हुँदा टाउको निहुराउँछिन्, हल्का मुस्कुराउँछिन्, हात हल्लाउँछिन् । यसो गर्दा उनलाई निकै आकर्षक र मिलनसार देखिन्छ ।

 

गेम अफ थ्रोन्स फेम एक्ट्रेस न्याट्ली डर्मरको ‘बाङ्गो मुस्कान’ वाला लुक पनि अत्यन्तै चर्चित छ । तस्वीरहरुमा उनलाई प्राय ओंठ नउघारी एकतिर मात्रै ओंठ ढल्काएर मुस्कुराएको देखिन्छ । यो उनको ‘सिग्नेचर’ पोज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?