यी २ राशिबीच प्रेम र विवाह गर्दा अत्यन्तै राम्रो हुन्छ !

काठमाडौं । हिजोआज कतिपय मानिसहरुको प्रेम र वैवाहिक जीवन त्यति सहज बनिरहेको छैन । प्रेम विवाह गर्नेहरु पनि पछि डिभोर्स भइराखेको हुन्छ । यस्तो किन भइरहेको छ त ? ज्योतिषशास्त्र अनुसार विवाह गर्दा कुण्डली मिलाउनुपर्छ । यसो नगर्दा वैवाहिक जीवन लामो समय टिक्न सक्दैन । आज हामी तपाईलाई कुन राशिबीच प्रेम र विवाह गर्दा राम्रो हुन्छ यसको बारेमा बताउन गइरहेका छौं ।

यी २ राशि जुनसँग विवाह गर्दा वैवाहिक जीवन अत्यन्तै समधुर हुन्छ:-

कन्या राशी र मकर राशि : कन्या र मकर राशि भएका व्यक्ति एक अर्काप्रति इमान्दार हुन्छन् । यिनीहरु आपसमा कहिल्यै पनि झुटो बोल्न सक्दैनन् । ज्योतिष शास्त्र अनुसार यिनीहरु बिचको सम्बन्ध एकदमै बलियो हुन्छ ।

मिथुन र तुला राशि : वैवाहिक जीवन र प्रेमका लागि मिथुन र तुला राशिको जोडी अत्यन्तै सुन्दर हुन्छ भनेर ज्योतिष शास्त्रले बताउँछ । यी दुई राशि मित्र राशि ठहरिन्छन् । त्यसैले यिनीहरुको जोडी अत्यन्तै राम्रो हुन्छ । वैवाहिक जीवनका लागि प्रेम सम्बन्धको लागि यी २ राशिको सम्बन्ध दिगो हुन्छ ।

मेष र कुम्भ : मेष र कुम्भ राशि एक अर्काप्रति आकर्षित हुन्छन् । यिनीहरु प्रायजसो एक अर्काको साथमा रहन रुचाउँछन् ।एक अर्कालाई असाध्यै प्रेम गर्ने यी राशिबीच प्रेम र विवाह गर्दा लामो समयसम्म सम्बन्ध सुमधुर रहन्छ ।

सिंह र तुला : सिह र तुला राशिमा पनि सामाजिक रुपमा जोडिन मन पराउँछन् । यिनीहरुको आचरण मिल्ने हुँदा यी दुई राशिबीच अत्यन्तै सुमधुर सम्बन्ध रहने ज्योतिष शास्त्रले बताउँछ । अरुले हेर्दा डाहा लाग्ने सम्बन्ध यिनीहरुको हुन्छ ।

वृष र वृश्चिक राशि : वृष र वृश्चिक राशि भएका व्यक्तिहरुको बीचमा कहिल्यै पनि नेतृत्वका बीचमा झगडा नहुने भएकाले एकले अर्कालाई सम्मान गर्न सक्छन् । त्यसैले यिनीहरुबीच प्रेम र विवाह राम्रो मानिन्छ । वृष राशिहरु अर्काको नेतृत्व रुचाउदैनन् । उनीहरुलाई अर्काको नेतृत्व मन पर्दैन | त्यसैगरी वृच्छिक राशिमा पनि उस्तै स्वभाव हुन्छ । तर वृश्चिक राशि वृष राशिको नेतृत्व स्वीकार गर्न तयार हुन्छन् । वृष राशि वृश्चिक राशिसँग कहिल्यै नेतृत्व चाहदैन । यी दुई राशि एक आपसमा लुलुप्त हुन्छन् । एकले अर्काको नेतृत्व स्वीकार गर्छन् । त्यसैले यी दूई राशिबीचको सम्बन्ध अत्यन्तै राम्रो हुन्छ भनि ज्योतिष शास्त्रमा भनिएको छ ।

सिंह राशि र धनु राशि : धनु राशि भएका व्यक्तिलाई सिंह राशि भएको व्यक्तिको आत्मविश्वास असाध्यै मन पराउँछन् । धनु राशिका व्यक्तिहरु सिंह राशिप्रती अत्यन्तै आकर्षित हुन्छन् । एक अर्कामा सहयोगी राशि भएकाले यिनीहरु बीचको प्रेम र विवाह दिर्घकालिन हुन्छ । खास गरि धनु राशि भएकाहरु सिंह राशिप्रती बढी आकर्षित भए पनि उनीहरुमा भएको आत्मविश्वास मन पराए पनि सिंह राशिका मान्छेहरु धनु राशिप्रती सहयोग गर्न असाध्यै अग्रसर रहने गर्दछन् । त्यसैले यी २ राशिबीच सम्बन्ध अत्यन्तै राम्रो मानिन्छ ।

मिथुन र कुम्भ : मिथुन र कुम्भ राशिबीचको सम्बन्ध एकदमै राम्रो हुन्छ । यी दुई राशि एक अर्काप्रति निकै आकर्षित हुन्छन् । एकले अर्काको कमजोरी र दुखलाई स्वीकार गर्न सक्छन् यी दुई राशिले । त्यसैले मिथुन र कुम्भ राशिबीच सम्बन्ध अत्यन्तै राम्रो मानिन्छ ।

वृष र कन्या राशि : यी दुई राशिबीच प्रेम र विवाह उत्तम मानिन्छ । ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार यी दुई राशिले घर परिवार र आफन्तका साथ चाहन्छन् । आफन्त र घर परिवारको साथ माया चाहने हुनाले दुवै राशि एक हुँदा, माया गर्दा र विवाह गर्दा धेरै राम्रो हुन्छ । एक अर्काको स्वभाव मिल्ने हुँदा यो राशिको सम्बन्ध शुभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?