वैज्ञानिकको डरलाग्दो खुलासा, कतै तपाई पनि हाकिमसँग रुष्ट त हुनुहुन्न ?

एजेन्सी । हृदयघातको कारण धेरैको मृत्यु हुने गरेको खबर त हामीले धेरै पढ्दै र सुन्दै आइरहेका नै छौँ । खबरहरु पढ्दा हामीलाई आफ्नो बारेमा पनि चिन्ता पक्कै लागेको होला ।

चिकित्सकहरूका अनुसार सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र कम शारिरीक व्यायाम हुँदा हृदयघात हुन्छ । तर वैज्ञानिकहरुले यो सबै भन्दा फरक कारण पत्ता लगाएका छन् । वैज्ञानिकका अनुसार अफिसको हाकीमलाई धेरै घृणा गरेको खण्डमा हृदयाघात हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुसम्बन्धी रोग मृत्युको एक प्रमुख कारण हो । अनुसन्धानका अनुसार एक अध्ययनले हाकिमसँग झगडा पर्दा, खराब सम्बन्ध हुँदा र उसलाई घृणा गर्दा हृदयाघातको सम्भावना रहेको दाबी गरेको छ ।

आफूभन्दा माथिको हाकिमसँग खराब सम्बन्ध हुनेमध्ये ४० प्रतिशत व्यक्तिमा हृदयाघातको सम्भावना देखिएको अध्ययनको ठहर छ ।

कार्यालय वा कुनै कार्यस्थलमा हुने अत्याधिक तनावका कारण पनि हृदयाघात हुने सक्ने अध्ययनको निष्कर्ष छ ।

दाँत सफा नगरे हुन्छ हृदयाघात

वैज्ञानिकहरुले गरेको अध्ययनमा दाँत सफा नराख्नेहरुलाई पनि हृदयघात हुने गरेको पाइएको छ । गिजा सुन्निने वा रक्तस्राव हुँदा किटाणु रक्तसञ्चारमा छिर्छ । जसले मान्छेको धमनीमा चिल्लो पदार्थ बढाइदिन्छ ।

साथै यसको प्रभावले कलेजोमा प्रोटिन बढी भई रक्तप्रवाह बढ्ने हुन्छ । मनमा धेरैकिसिमका घटनाहरु र घृणाका भावहरु सम्झिराख्यो भने हृदयघात हुने सम्भावना धेरै हुने गरेको अध्ययनले पत्ता लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?