वडाध्यक्ष भट्टराईको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ ।

मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित थिए ।

मुलुकका विभिन्न स्थानमा उपचार गराउँदा समेत विराम सुधार नभएपछि वडाध्यक्ष भट्टराई ३ महिना यता बेड रेस्टमा थिए ।

२०१३ सालमा जन्मिएका भट्टराईले २०२८ सालको झापा विद्रोह ताकादेखि कम्युनिष्ट पार्टीप्रति प्रतिवद्ध एवम् योद्धा रहेको जनाइएको छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उनी वडाध्यक्ष निर्वाचित भएका थिए ।

यसैबीच, वडाध्यक्ष भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै बुधबार एक दिन नगरभित्र शोकविदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?