ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

एन्फाका अनुसार चौथो चरणको खेलमा तेस्रो दिनको पहिलो खेलमा संकटा क्लब र पुलिस क्लब भिड्दैछन् । त्यस्तै दोस्रो खेलमा आर्मी क्लब र थ्री स्टार क्लब बीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

संकटा र पुलिसबिचको पहिलो खेल बिहान साँढे ११ बजे हुनेछ । आर्मी र थ्री स्टारको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा रहेका छन् ।

थ्री स्टारको ७ अंक रहेको छ । आर्मीको ६ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?