५ वर्ष जेल सजाय सुनाइएपछि दिपक मनाङे गएनन शपथ ग्रहणमा

पोखरा, ७ माघ । मनाङको ख बाट प्रदेश सभामा विजयी भएका दिपक मनाङेले प्रदेश सभा सदस्यको सपथ लिएनन् ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजाय गर्ने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी सपथ ग्रहणमा अनुपस्थित भएका हुन् प्रदेश सभा सदस्यको निर्वाचनको केही अघिमात्रै एमाले प्रवेश गरेका उनलाई एमालेले टिकट नदिएपछिस्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेले समर्थनमा विजयी भए तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ प्रदेश चारका प्रदेश सांसदहरुको सपथग्रहण समारोह पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?