काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अवरुद्ध गर्ने प्रयास भएको टिप्पणी गरेको छ ।
मंगलबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले एमसीसीले देशको विकासमा महत्वपूर्ण योगदान गरेको दावी गरेका छन् ।
कांग्रेस नेतृत्वको सरकारको पालमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसलाई तत्काल संसदमा पेस गर्न समेत माग शर्माले माग गरेका छन् ।
शर्माले भने कांग्रेस नेतृत्वको सरकारका पालामा हालसम्मकै सबै भन्दा ठूलो अनुदान सहयोगको अमेरिकी सरकारसंग भएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई यो या त्यो बाहानामा अवरुद्ध गर्न खोजिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।
प्रवक्ता शर्माले भने, ‘देशको विकासका लागि महत्वपूर्ण योगदान पु–याउने सो सम्झौता तत्काल संसदमा पेश गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया