तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

आज मिति २०७६ साल पुष महिनाको १६ गते बुधबार । इस्वी संवत २०२० जनवरी १ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– षष्ठी, १६ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– पूर्वाभाद्रपदा,१७ बजेर ३१ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– व्यातिपात,२१ बजेर ४० मिनेट उप्रान्त वरियान । करण– तैतिल,१६ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा पद्य योग । चन्द्रराशि–कुम्भ,२० बजेर ५१ मिनेट उप्रान्त मिन । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २५ घडी ५४ पला । सन् २०२० प्रारम्भ । राष्ट्रिय टोपी दिवस । राष्ट्रिय मेलमिलाप दिवस पञ्चक।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोगमार्फत व्यवसाय गरी रोजगारीको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः कर्म तथा लाभ भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी मनग्ये लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा आध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः व्यापार व्यवसायमा लगानी बढाइ मनग्ये धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । गोप्य रिपोर्टहरु प्रस्तुत गर्दा ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेपनि एकअर्काको भावना बुझ्दै छुट्टिन पाउँदा मन हर्षित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट मनग्ये आम्दानी गर्न सकिनेछ । व्यवसायकै सिलसिलामा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्ये धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः अरुकै काममा समय व्यतीत हुँदा आफ्नो काम भने थाँती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः पुरुषार्थी काम गरी नाम, दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः रमाइलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो गर्दागर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दापछि परिनेछ, ध्यान दिनुहोला । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन्, भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने व्यवसाय फस्टाएर जानेछ । व्यापार व्यवसायमा समय दिन सके मनग्ये आम्दानी हुनेछ भने भौतिक सम्पत्ति तथा धातु संग्रह गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पर्न सकिनेछ । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुनसक्छ । स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाइ आम्दानी बढाउन सकिनेछ । विदेशी सामानको खरिद बिक्रीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ, भने विदेश यात्राको गतिलो योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?