काठमाडौं । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले एक महिला सांसदलाई दुर्व्यवहारको आरोप लागेको छ ।
यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दाससंग दुव्र्यवहार गरेपछि उनले हात देखाउदैँ जथाभावी नबोल्न चेतावनी दिदैँ झापड हिर्काउन प्रयास गरेकी छन् ।
प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिले प्रदेश सरकार विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका मन्त्री र प्रदेश सभा सदस्यबीच चर्कोरुपमा भनाभन भएको थियो ।
सो विवादको क्रममा आक्रोशित प्रदेशसभा सदस्य दासले राज्यमन्त्री रायलाई झापड हिर्काउन प्रयास समेत गरेकी हुन् ।
प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि पहल गरिदिन आग्रह गर्न भलाकुसारी गर्न पुगेका बेला मन्त्री रायले दुर्व्यवहार गरेका हुन् । दासले झापड हिर्काउनका लागि हात उठाएपछि उग्ररुप लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया