प्रदेश २ का प्रदेश प्रमुख कर्णद्वारा ज्येष्ठ सदस्यलाई शपथ ग्रहण

जनकपुर, ७ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कर्णले ज्येष्ठ सदस्य जगनलाल चौधरीलाई शपथ ग्रहण गराएका छन् ज्येष्ठ नागरिक चौधरीले शपथ ग्रहणपछि १०० जना सदस्यलाई शपथ गराएका थिए भने २ जना अनुपस्थित रहेका थिए शपथ ग्रहण कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा सकिएको हो त्यस्तै, बारा जिल्लाबाट एमालेकी त्रिलोकी चौधरी र सर्लाहीबाट फोरमको सन्तमाया मुक्तानी शपथ ग्रहण कार्यक्रममा सकिएपछि आएका थिए । उनीहरुको गाडी बिग्रेका कारण समयमा उपस्थित हुन सकेका थिएन् शपथ ग्रहणपछि प्रदेशसभाको पहिलो बैठक आगामी माघ २१ गते ११ बजे बस्ने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?