आयोगले राष्ट्रियसभा चुनावको मतदाता नामावली आज प्रकाशन गर्ने

काठमाडौं, ७ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्ने भएको छ राष्ट्रिसभा सदस्य चुनावको लागि माघ २४ गते मिति तय गरेको आयोगले प्रदेश सांसदहरुको शपथ ग्रहणपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ ग्रहण लिँदैछन् । शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि नामावाली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ताम नवराज ढकालले जानकारी दिए राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद् निर्वाचित गर्नेछन् कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८–८ जना चुनावबाट निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?