मोटरसाइकल दुर्घटनामा नेकपाका नेताको निधन

सुर्खेत । मोटरसाइकल दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुर्खेत जिल्ला सदस्य गणेश नेपालीको मृत्यु भएको छ ।

लेकवेशी ५ नेटाका नेपालीको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट कोहलपुर आउने क्रममा नेपाली सोमबार मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

नेपालीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?