नागाबाबाहरु जीवनमा एक पटक मात्र काट्छन् जटा ! यस्तो छ कारण

एजेन्सी । जोगी फरक-फरक प्रकारका हुने गर्छन् । कोहि फेरि लगाउँदै हिँड्छन् त कोहि आश्रम तथा मन्दिरहरु सञ्चालन गरेर बस्छन् । तर तपाईलाई नागा जोगी भन्दा अचम्म लाग्ला । नागा जोगीहरु निर्वस्त्र हिँड्छन् ।

उनीहरु शरिर भरि नै भष्म लगाएर, मोह माया त्यागेर बिना कपडा नै यत्रतत्र हिँड्छन् । उनीहरुको जीवन एकदमै कठिन हुन्छ । उनीहरुले नागा साधुव्रतको पालना पनि गर्नुपर्छ । यसका लागि उनहिरुले आफ्नो जटालाई एकदमै सुरक्षा दिनुपर्छ ।

नागा जोगीहरुले जहिल्यै पनि लामो जटा राख्नुपर्छ । विशेष गरि वीर शैव नागा सन्यासीहरुले जटा राख्नैपर्ने हुन्छ । किनभने नागा सन्यासीहरुको यो परम्परा रहेको छ ।

नागा जोगीहरुको जटा १० फिटसम्म लामो हुने गर्छ । त्यसैले उनीहरुले कपाललाई भष्म लगाएर जटा बनाउँछन् । नागा जोगीहरु एउटा मात्रै परिस्थितिमा जटा काट्ने गर्छन् । उनीहरु आफ्नो गुरुको मृत्यु भएको समयमा मात्र जटा काट्न सक्छन् ।

गुरुको सम्मानका लागि मात्र उनीहरुले जटा काट्ने गर्छन् । बाँकि परिस्थितिमा उनीहरुले जटा काट्न पाउँदैनन् । नागा जोगीहरुका १७ श्रृंगार हुने गर्छन् । उनहिरुको श्रृंगारमा पर्ने एक महत्वपूर्ण अंग जटा पनि हो । जसलाई पञ्चकेश भन्ने गरिन्छ । पञ्चकेश बनाउन टाउकोका जटालाई पाँच ठाउँमा विभाजन गरिन्छ ।

विभाजन गरिएको कपाललाई ५ पटक घुमाएर भष्म दलिन्छ । यसलाई पञ्चकेश भन्ने गरिन्छ । जसलाई नागाहरु पञ्चतत्व मान्ने गर्छन् । उनीहरुलाई लामो कपाल बनाउन लामै समय कटाउनु पर्छ ।

नागा जोगीहरु ऋाफ्नो जटा संकल्प लिएर मात्र पाल्ने गर्छन् । उनीहरु संसारदेखि मुक्त भएको प्रमाणका लागि रुद्राक्षको माला जटामा लगाउँछन् । साथै शरिरभरि भष्म लगाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?