उदाउँदो सूर्यसँगै नयाँ वर्षमा गर्नुहोस् १२ नयाँ संकल्प

काठमाडौं – भनिन्छ, जिन्दगी एक दौड हो । यहि दौडमा अब एउटा नयाँ अनि सुनौलो बिहानी भोलि तपाईको सामू खडा हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२० भोलिबाट सुरु हुँदैछ । जनवरी १ तारिकका दिन अर्थात् भोलि उदाउने सूर्य केहि विशेष छ र संकल्प गर्नको लागि उत्तम छ । हुन त नयाँ प्रण गरेर कामको थालनी गर्न कुनै विशेष दिन कुर्न नपर्नुपर्ने हो तर नयाँ वर्षको हर्षोल्लासपूर्ण बिहानीले हामीलाई उमङ्गीत पार्नेछ । त्यसबखत हामीले केहि संकल्प गर्ने प्रण दृढता गरी यसवर्ष भएका गल्ती सच्चाएर नयाँ वर्ष स्वागत किन नगर्ने ?
भोलिबाट म :
-म कसैको हानी /नोक्सानी गर्दिन ।

-म मेरा कारण शान्ति खल्बलाउँदिन र अरुलाई पनि शान्तिको सन्देश बाँड्नेछु ।

-म परिवारका सदस्यको लागि समय व्यवस्थापन गर्नेछु ।

-म कसैको चित्त दुखाउँदिन /सबैको भलो चिताउनेछु। 

-म भोलीको लागि काम साँच्दिन ।

-म राष्ट्रको सचेत नागरिक बन्नेछु ।  

-म झुटो कुरा /आश्वासन र वाचा बाँड्दिन ।

-म बालबालिका, विशेष अवस्थाका मानिस र वृद्धवृद्धालाई सम्मान र साथ दिनेछु ।

-म सकारात्मक भएर सोच्नेछु ।

-म वातावरणमा हानी पुर्याउने हर्कत गर्नेछैन ।

-म हरेकको अस्तित्व स्विकार्नेछु।

-म खाना खेर फाल्दिन।

-म कर्म गरी त्यसप्रति बफादार हुनेछु ।

-म आफ्नो कर्मबाट प्राप्त फलको केहि प्रतिशत दान गर्नेछु ।

-म मानव हुनुको दायित्व पूरा गर्दै पूर्ण मानव भएर समय बिताउनेछु ।

तपाईको यो वर्ष शुभ बितोस् ।  फोटो : गूगलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?