धनसम्पत्तिको खाँचो छ भने नयाँ वर्षकै दिन शुरु गरौँ यी ४ काम

एजेन्सी । सन् २०१९ आजबाट सकिँदै छ भने नयाँ वर्ष २०२० को पनि भोलिबाट शुरुवात हुँदैछ । गएको वर्षमा कसैले धेरै धनसम्पत्ति कमाए त कसैले थोरै मात्र । र कसैले धनसम्पत्ति कमाउनै सकेनन् ।

यो सबै कुराहरुलाई बिर्सेर अब नयाँ वर्षमा राम्रो बन्ने चाहाना राख्नुपर्छ । २०१९ मा पुरा नभएका सपनाहरु अब २०२० मा पुरा गर्ने विश्वास राख्नुपर्छ । अब २०१९ लाई बिर्सेर नयाँ वर्षको पहिलो दिन यो तान्त्रिक उपाय अपनाए सम्पूर्ण कामना पुरा हुन्छन् ।

१.पहिलो उपाय

सवा पाँच किलो पिठोसँग सवा किलो शखर मिलाउने । उक्त मिलाएर मोलेको पिठोको रोटी बनाउने र सूर्यास्तको समयमा दूध दिने गाईलाई खुवाउने । सम्भव भएमा नयाँ वर्षको सात दिन सम्म यो कामलाई निरन्तरता दिने । यसो गर्नाले धन सम्पत्तिको अभाव पर्दैन ।

२. दास्रो उपाय

नयाँ वर्ष २०२० लाई सफल बनाउनको लागि र धन सम्पत्तिको अभाव नहोस भन्नका लागि रुद्राक्ष तथा कमलगट्ठाको माला जप्ने । माला जप्दा देवीको मन्त्र जप्ने गर्नुपर्छ । ओं श्री ह्रीं श्रीं कमले कमलालये प्रसिद्ध श्रीं ह्रीं ओं महालक्ष्म्यै नमः । यो मन्त्र प्रत्येक विहान उठेर जपीयाे भने घरमा धनसम्पत्तिको खाँचो हुँदैन ।

३. तेस्रो उपाय

नयाँ वर्षको पहिलो दिन माता महालक्ष्मीको फोटो तथा मूर्तीको अगाडि ११ वटा दीयो बाल्ने । यो एकदिन मात्र होइन लगातार ११ दिनसम्म बाल्नुपर्छ । साथै ११ औँ दिनको दिन स-साना ११ कन्याहरुलाई भोजन गराउने । भोजन सकिएपछि एक सेतो रुमाल, एक सिक्का पैसा र मेहेन्दी दान दिने । यसो गर्नाले वर्षभरी धनको कमी हुँदैन ।

४. चौथो उपाय

यदि कसैलाई नयाँ वर्षको दिन अचानक धन कमाउन मन छ भने वर्षको पहिलो दिन पुरानो वरको रुखमा गएर पानी चढाउने गर्नुपर्छ । साथै वरको जटामा बेसार दलने गर्नुपर्छ । केहि दिन यसो गर्दा जटामा केहि फरक देखिन्छ । र उक्त फरक जटालाई घरमा ल्याएर धन सम्पत्ति भएको ठाउँमा राख्ने । यसो गर्नाले जो कसैलाई पनि चाँडै धन सम्पत्ति प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?