तपाई किन बोल्नुहुन्न ? कम्तीमा केही विषयमा यो वर्षदेखि बोल्न थाल्नुहोस्

काठमाडौं – आजबाट नयाँ वर्ष सुरु भएको छ । अंग्रेजी नै सही तर संकल्प गर्नको लागि यो दिन काफी हुन्छ । नयाँ उर्जा बोकेर आएको यो दिनले सबैको मनमा केही प्रफूल्लित भाव दिएको हुन्छ । यसै दिन तपाईले मनमनै केही राम्रा बानी अपनाउने र केही नराम्रा बानीहरु त्याग्ने प्रतिज्ञा गर्न सक्नुहुन्छ । लोकपथ डटकमले नयाँ वर्षमा गर्न सकिने केही संकल्प यहाँ प्रस्तुत गरेको छ ।
तपाई सामाजिक विषयमा कत्तिको बोल्नुहुन्छ ? समसामयिक र सामाजिक विषयमा तपाईले बोल्नुभएन भने अहिले देखेको अवस्था भन्दा झनै र्जर्जर अवस्था हुनसक्छ । त्यसैले आफ्नो गाउँ ठाउँ, टोल, छिमेक, समाजमा, देश, अन्तर्राष्ट्रिय स्तरमा र विश्व ब्रह्माण्डमा भएका परिवर्तन, उतारचढाव, उपलब्धि र भवितव्यबारे चासो राख्नुपर्छ । चनाखो हुनुपर्छ ।

-सामाजिक विषयमा ज्ञान राख्नुहोस् ।

-सार्वजनिक चासो महत्वको विषयमा विचार विमर्श, मन्थन गर्नुहोस् ।

-राष्ट्रिय विषयमा बोल्नुहोस् ।

-शोषित पीडित, पिछडिएका परिवारको लागि बोल्नुहोस् ।

-सार्वजनिक हितका विभिन्न क्याम्पियनमा सहभागी हुनुहोस् र आवाज दिनुहोस्। 

-सरसफाई अभियानमा सरिक हुनुहोस्। 

-संस्कृति जोगाउन के सकिन्छ, गर्नुहोस्। 

-राष्ट्रियताको विषयमा मत दिनुहोस्। 

-वातावरण प्रदुषण र बढ्दो वनविनाशले निम्त्याउनसक्ने खतराबारे जानकारी लिनुहोस् ।

-महिला हिंसा बलात्कार, हिंसा र सामाजिक समस्या जस्ता विाष्य हल गर्न समूह बनाउनुहोस् ।

-भ्रष्टाचार, लुट, घुसखोरी विरुद्ध आवाज दिनुहोस् ।

-राष्ट्रिय राजनीतिमा चासो राख्नुहोस् ।

-सूचना प्रविधि र कानूनबारे ज्ञान लिनुहोस् ।

-विश्व दुनियाको गति थाहा पाउनुहोस् ।

-ईतिहासबारे ज्ञान लिनुहोस् ।

-खाद्य संकट र पानीको अभावको हल कसरी गर्न सकिन्छ सोच्नुहोस् र बोल्नुहोस् ।

-भवितव्य घटनामा के गर्न सकिन्छ । सामूहिकताको भावना विकास गर्नुहोस् ।

तपाईको यो वर्ष शुभ बितोस्  सत्य तथ्य सूचना समाचार तथा जानकारीको लागि www.lokpath.com  लग ईन गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?