नयाँ वर्षको पहिलो दिनमा महिलाले यो काम गरे वर्षैभरि सुखमय बन्छ जीवन

एजेन्सी । नयाँ वर्ष २०२० भोलीबाट शूरु हुँदैछ । वर्षको पहिलो दिन राम्रो रह्यो भने वर्षभरि नै राम्रो हुने विश्वास गरिन्छ । जो कोहि व्यक्ति
प्रत्येक नयाँ वर्षलाई भव्य र रमाईलोका साथ शुरुवात गर्न चाहान्छन् ।

धन सम्पत्तिको इच्छा राख्छन् । साथै दुःखबाट मुक्ति चाहान्छन् । यदि महिलाहरुले आफ्नो घरमा धनसम्पत्तिको खाँचो नपरोस र दुःखबाट टाढै बस्नको लागि वर्षको पहिलो दिन यो उपाय अपनाउनु पर्छ ।

यो उपायहरु अपनाएको खण्डमा प्रत्येक महिलाहरुको घरमा दुःख नपर्ने र केहि पनि कुराको कमी महशुस नहुने शास्त्रमा उल्लेख छ ।

१.नयाँ वर्षको पहिलो दिन महिलाहरुले घरमा गाईको गोबरले लिपेर स्वच्छ बनाउनुपर्छ । स्वच्छ ठाउँमा अनारको दाउराको माध्यामले त्रिकोण बनाएर त्यो भित्र मनमा लागेको र चाहिएको कुराको नाम लेख्नुपर्छ । साथै नाम लेखेको ठाउँमा सिन्दुर चढाएर पूजा गर्नुपर्छ ।

उक्त ठाउँमा गाईको घीउको दीयो बाल्नुपर्छ र महालक्ष्मीको मन्त्र १०८ पटक पाठ गर्नुपर्छ । यो कार्य एक दिन मात्र होइन लगातार ९ दिन सम्म गरेमा घरमा डर,त्रास दुःख टाढा हुनका साथै धन सम्पत्ति प्राप्त हुन्छ ।

महालक्ष्मीलाई खुसी पार्ने मन्त्र

कुबेरत्वं धनाधीश गृहे ते कमलास्तिा ।
तां देवी प्रेशया त्वंशु मद्गृहे ते नमो नमः ।।

२.दोस्रो उपाय हो नयाँ वर्षको पहिले दिन घरको आसपासमा रहेका पीपल,वर, रुद्राक्ष आदि रुखहरुमा पानी चढाउने र रुखको एउटा जरा घरमा ल्याएर राख्ने ।

जरालाई आफ्नो बिस्तारा भन्दा तल राख्ने । वा व्यवसाय गर्ने गरेको छ भने व्यवसाय गर्ने कोठामा राख्ने । यसो गर्नाले वर्षै भरि धन सम्पत्तिको खाँचो पर्दैन ।

३. नयाँ वर्षको पहिलो दिन घरका महिलाहरुले रातो रंगको कपडा लगाउनुपर्छ । किनभने गृहलक्ष्मी अर्थात् महिलाहरुलाई माता लक्ष्मीको स्वरुप मानिन्छ । र महालक्ष्मीलाई मन पर्नै रंग पनि रातो नै हो ।

रातोे रंगले सुख र समृद्धि भित्र्याउँछ । त्यसैले नयाँ वर्षको पहिलो दिन महिलाहरुले रातो रंगको कपडा लगाउदा शुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?