२१ जेष्ठ २०८०, आईतवार

उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजे : नेता पौडेल

२०७४,भाद्र,३०,शुक्रवार ०९:०२

0
Shares

पर्सा, ३० भदौ ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताएका छन ।पर्साको पोखरिया नगरपालिकामा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले हिमाल पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्ने जिकिर गरे ।नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एक मात्र पार्टी काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सबैमा आग्रह गरे ।‘काँग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब काँग्रेसकै नेतृत्वमा बघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै पौडेलले देशको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए । नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको नेपाली काँग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व जिल्ला सभापति जनार्दन सिंहक्षेत्रीलगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अपिल गरे ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालयको

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्रीलाई प्रदेश प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मधेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने भएसँगै

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१