ए डिभिजन लिगमा आज को-को भिड्दै ?

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

एन्फाका अनुसार चौथो चरणको खेलमा आज च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्दैछन् । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्दैछन् ।

च्यासलक्लबले ४ अंक जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक जोडेको छ । यस्तै शेर्पा क्लबले २ अंक जोडेको छ ।

ब्रिगेड ३ अंक जोड्दै तालिकाको दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?