न्यू इयरको पूर्वसन्ध्यामा गूगल डुडल परिवर्तन, आज ‘न्यू इयर ईभ’

काठमाडौं – अंग्रेजी वर्ष २०२० आउन केहि घण्टामात्रै बाँकी रहँदा गूगल डुडलमा परिवर्तन भएको छ । नयाँ वर्षको उल्लासमय वातावरणमा थप उर्जा थप्न गूुगलले डुडल परिवर्तन गरेको हो । सामान्य अवस्थामा गूगलले नययनभि मात्रै देखाउँछ । तर केहि विशेष अवस्थामा गूगल डुडल परिवर्तन गरी मानिसहरुलाई थप उत्साहित पार्नेगर्छ ।
हेर्नुहोस् फोटोमा : 


आज ‘न्यू इयर ईभ’
अंग्रेजी नयाँ वर्ष २०२० यसकारण पनि खास छ कि, यसपटक नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरेको छ । आज तमू ल्होसार पनि भएकोले विभिन्न स्थानमा गुरुङ समुदायले नयाँ वर्ष मनाउँदैछन् । यसैबिच न्यू इयरको स्वागत गर्दै वर्ष २०१९ लाई बिदाई गर्न नेपालीहरुले पनि विभिन्न सार्वजनिक स्थलमा परिवार आफन्त साथीभाई बिचमा न्यू इयर ईभ मनाउने गर्छन् ।

काठमाडौंको ठमेल, दरबारमार्ग, असन, ईनद्रचोक, पाटन, ललितपूर लगायतका स्थलहरुमा विदेशी पर्यटकलाई मनोरन्जन प्रदान गर्ने हेतुले पनि न्यू इअर ईभ आयोजना गरिन्छ । काठमाडौं बाहेक देशका मूख्य- मूख्य सहरमा पनि ‘न्यू इयर ईभ’ को रमझम सुरु भइसकेको छ ।

यस्ता कार्यक्रममा विभिन्न ब्याण्डका सांस्कृतिक प्रस्तुती पनि रहन्छ ।

अंग्रेजी नयाँ वर्ष २०२० को रमझममा नेपालीहरु पनि उत्तिकै झुम्मिन्छन् । कतिपय ठाउँमा आज राति १२ बजेसम्म कार्यक्रम गरी नयाँ वर्ष स्वागत गरेर मात्रै टुंग्याईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?