११ असार २०७९, शनिवार

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

२०७४,भाद्र,३०,शुक्रवार ०८:३३

0
Shares

पोखरा, ३० भदौ ।बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए ।पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु. तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०८:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको

मुगु । जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली

सुर्खेत । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ। यहाँ निकुञ्ज क्षेत्रका साथै

पोखरा । गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित

ताजा समाचार

आजको मौसम : हल्कादेखि मध्यम वर्षा
 २०७९,असार,११,शनिवार ०८:४१
बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६