आजको राशिफल : तपाईको भाग्य कस्तो ?

काठमाडौं । आज मिति २०७६ साल पौष महिनाको १५ गते मंगलबार । इस्वी संवत २०१९ डिसेम्बर ३१ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– पंचमी,१४ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– शतभिषा,२४ बजेर ५७ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– सिद्धि,२१ बजेर १३ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,१४ बजेर ५५ मिनेट उप्रान्त कौलव,२७ बजेर ५६ मिनेट उप्रान्त गर । आनन्दादिमा मृत्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २५ घडी ५३ पला । पञ्चक। तमू ल्होछार। सन् २०१९ समाप्ति।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ, ध्यान दिनुहोला । धन तथा स्थायी सम्पत्तिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिइएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाढिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी मेहनत गरेमात्र नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्ये फाइदा कमाउन सकिनेछ । माया प्रेमको डोरी कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । अग्रज, आफन्त तथा दिदीबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समयदेखी गरी आएको काम सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु पूरा हुनेछन् । माया प्रेममा रमाउने समय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यापारमा लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट मनग्ये धन आर्जन हुनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरी कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा विजयको योग रहेको छ, भने तपाईको कुरा काट्ने तथा ईष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जाँदा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्त बुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा सहकारी पेशा व्यवसाय गर्नेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : उद्योग तथा व्यापारबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । खेलकूद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : रमाइलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिन्छ, ध्यान दिनुहोला । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके मनग्ये आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ, भने नयाँ लगानीको अवसर आउनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : खर्च बढेपनि उपलब्धिमूलक कामहरु हुनेछन् । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?