पाताल लोकसम्म फैलिएको तलाउ, जहाँको सुुरक्षा स्वयम नागराजले गर्छन्

एजेन्सी । संसारमा केहि यस्ता स्थानहरु पनि छन् जहाँ अनेक तरहका खानीहरु छन् । कतै सुन, कतै चाँदी त कतै बिभिन्न रत्नहरु । यस्ता केहि रहस्यमय स्थानहरु अझै पनि रहस्यमै मात्र सिमित छन् ।

भारतको हिमाञ्चल प्रदेशमा पानीको सतहभन्दा धेरै तल बिभिन्न खर-खजानाहरु रहेको छ । यो ठाउँमा अरबौँको संख्यामा खर-खजानाहरु भए पनि कसैले निकाल्न सकेको छैन । किनभने उक्त पानीको गहिराईमा स्वयम नागदेवले रत्नहरुको सुरक्षा गर्ने गर्छन् ।

हिमाञ्चल प्रदेशबाट ६० किलोमिटर टाढा रहेको रोहाणा जंगलमा एउटा ठूलो तलाउ छ । उक्त तलाउको नाम हो कमरुनाग । यहाँ एउटा प्रसिद्ध मन्दिर पनि छ । उक्त मन्दिर तलाउको छेउमा रहेको छ ।

यो मन्दिरमा दर्शनको लागि जो आउँछ उसले तलाउमा सुन चाँदी चढाएर जान्छ । यो परम्परा पहिलेदेखि नै चलि आएको हो ।

यो तलाउमा चढाइएका गहना देवताहरुको हो भन्ने गरिन्छ । मन्दिरका पूजारीका अनुसार तलाउमा भयानक नागदेवले बास गर्छन् । उक्त तलाउबाट जसले खर-खजना निकाल्न खोज्छ त्यसले डरलाग्दो दुःख पाउँछ । अर्थात् त्यसलाई नागदेवले मृत्यु दिने गर्छन् ।

यहि कारणले आजसम्म पनि कोहि मानिस यो तलाउमा पस्न सकेको छैन । पूजारीका अनुसार यो तलाउ पाताललोकसम्म फैलिएको छ । यो तलाउमा गएर मानिसहरुले जे चाह्यो त्यहि फल मिल्ने विश्वास गरिन्छ ।

मनोकामना पुरा भएका भक्तहरु पुनः यो तलाउमा आएर सुन चाँदीका गहना चढाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?